
काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् ।
सेनापति शर्माको भ्रमण वुधबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सरकार प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री ज्ञोनन्द्रबहादुर कार्कीले जानकारी दिउका छन् ।

प्रधानसेनापति शर्मा भारतले प्रदान गर्ने मानार्थ महारथीको सम्मान ग्रहण गर्न आगामी कात्तिक २३ गते भारत जानेछन् । उनी २६ गते स्वदेश फर्कनेछन् ।