
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संघीय गणतन्त्र र धर्मनिरपेक्षता असफल भएको टिप्पणी गरेका छन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै थापाले न्यायपालिकामा न्यायाधीशहरूको हडताल, संसद प्रतिपक्षी दलको अवरोध र सरकारी अकर्मण्यताको शिकार भएको भन्दै संघीय गणतन्त्र र धर्मनिरपेक्षता असफल भएको बताएका हुन् । थापाले जनयुद्ध, जनआन्दोलनको लक्ष्य यहि हो भन्दै प्रश्न समेत गरेका छन् ।

उनले अगाडी भनेका छन्— न्यायपालिकामा न्यायाधीशहरूको हडताल । संसद प्रतिपक्षी दलको अवरोध र सरकारी अकर्मण्यताको शिकार । सरकार ब्रम्हलुट÷सर्वसत्तावादमा लिप्त । यही हो जनयुद्ध÷जनआन्दोलनको लक्ष्य ? संघीय गणतन्त्र र धर्मनिरपेक्षता असफल भैसक्यो । हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र पुनस्थापनावारे विचार गरौँ ।