काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण मुद्दामा बन्दीसहित २४ घन्टाभित्र लिखित जबाफसहित उपस्थित गराउन आदेश गरेको छ । न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले बुधबार उक्त आदेश जारी गर्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत् उपस्थित हुन भनेको हो । प्रसाईंका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनुनपर्ने हो ? आदेश जारी हुननपर्ने भए सोको आधार र कारणसहित विपक्षी नं १ र २ हकमा २४ (चौबिस) घन्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जबाफसाथ उपस्थित हुन तथा अन्य विपक्षीहरूको हकमा समेत २४ (चौबिस) घन्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जबाफ पेस गर्नू ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय