काठमाडौं । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बारले आफ्नो केन्द्रीय समिति बैठकबाट प्रधानन्यायाधीशले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको स्वच्छता एवं गरिमा राख्न नसकेको भन्दै राजीनामा दिन माग गरेको हो ।

बारले कात्तिक १४ देखि १७ गतेसम्म सर्वोच्च अदालतमा कालोपट्टि बाँधेर विरोध गर्ने निर्णय गरेको छ । त्यस्तै, कात्तिक १६ गते सर्वोच्च अदालत प्रांगणमै धर्ना र विरोध सभा गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय