
नेपाल अटोमोबाइल एसोसिएसन NASA NEPAL ले रास्ट्रीय खेलकुद परीषदका नवनियुक्त उपाध्यक्ष लगायत सदस्यहरुको सम्मानमा स्वागत कार्यक्रम आयोजना गर्यो ।
राजधानीको होटल रोयल टयुलिप मा आयोजना भएको कार्यक्रमको प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले रास्ट्रीय खेलकुद परीषद का उपाध्यक्ष धुर्व आचार्य लगायत बोर्ड सदस्य हरुलाइ सम्मान गर्नु भयो।साथै सो कार्यक्रममा सन 2024 मा स्पेनमा भएको वर्ल्ड मोटर स्पोर्ट्स प्रतियोगितामा सहभागिता जनाएका खेलाडी एवम अफिसियलहरु लाई समेत सम्मान गरिएको थियो।यसरी सम्मानित हुनुहुने खेलाडीहरुमा दिप्रश शाक्य कृष्ण प्रसाद पौडेल प्रज्ञा कडेल र अफिसियल हरुमा दशरथ रीसाल यदुराज लामिछाने र टिकाराम यात्री हुनुहुन्थ्यो ।
सोही कार्यक्रममा नासा नेपालका सचिव एवम विश्व मोटर स्पोर्ट्स प्रतियोगितामा दुई पटक सहभागिता जनाउनु भएका खेलाडी दिप्रश शाक्यले आफ्नो र्याली सवारी मोटर नासा नेपाललाइ हस्तान्तरण गर्नु भयो।नासा नेपालका अध्यक्ष दशरथ रीसालको सभापतित्वमा भएको सो सम्मान कार्यक्रममा प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी राखेप का उपाध्यक्ष धुर्व आचार्य राखेप का पुर्व बोर्ड सदस्य गोबिन्द भट्टराई तथा नासा नेपालका उपाध्यक्ष अनिल कुमार बरालले नेपालमा मोटर स्पोर्ट्सको बढदो महत्व एवम लोकप्रियता र नासा नेपालको योगदान बारे प्रकाश पार्नु भएको थियो।

कार्यक्रममा राखेप का विभिन्न बिभागिय प्रमुख हरु लगायत नेपालका खेलकुद एवम मोटर स्पोर्ट्स क्षेत्रका प्रतिष्ठित ब्यक्तित्व हरुको उल्लेखनीय उपस्थिति रहेको थियो।