काठमाडौँ । ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’को उपाधि जितेकी छन् । नेप्लिज फेसन होमको आयोजनामा आइतबार साँझ सम्पन्न प्रतियोगितामा १९ प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै उनले उपाधि चुमेकी हुन् । उपाधिका साथ उनले १ लाख रुपैयाँ तथा अन्य विभिन्न उपहारहरूसमेत जितेकी छन् ।

प्रतियोगितामा चन्द्रागिरि नगरपालिका नैकापकी लुनिभा मानन्धर फस्ट रनर्सअप र चमती, काठमाडौंकी लुमना महर्जन सेकेन्ड रनर्सअप भए । उनीहरुले क्रमशः २५ हजार तथा १५ हजार रुपैयाँसहित विभिन्न उपहारहरू प्राप्त गरे ।

सरस्वती मल्टिपल क्याम्पसका प्रमुख दिव्या लक्ष्मी बज्राचार्य मुख्य निर्णायकको रूपमा रहेको प्रतियोगितामा अधिवक्ता तथा माँ बगलामुखी कोअपरेटिभका अध्यक्ष लक्ष्मण महर्जन, लायन्स इन्टरनेसन्ल क्लब ३२५ एलका पूर्व डिस्ट्रिक्ट गभर्नर लायन मणिश्री रत्न बज्राचार्य, एलसिसिएल, ललितपुरका पूर्वअध्यक्ष अजरमान जोशी, नमुना कलेज अफ फेसन टेक्नोलोजीका उपप्रमुख जीवेश्वरलाल श्रेष्ठ, नेपाल लिपी गुठीका अध्यक्ष अनिल स्थापित, एसओ नेपालका अध्यक्ष डा.शिक्षिता श्रेष्ठ तथा मिस नेवाःनेपा ११३४ की विजेता एलिशा बज्राचार्य निर्णायक रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय