
हुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्। सभत्ता साझेदार नेपाली कांग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार मुख्यमन्त्री शाहीले सोमबार राजीनामा दिएका हुन् ।
पदबाट राजीनामा दिएपछि कर्णालीबासीको नाममा सम्बोधन गर्दै शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

कांग्रेस माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो।
तत्कालीन नेकपा विभाजित भएपछि शाही सरकार अल्पमतमा परेपछि काँग्रेसको समर्थन र तत्कालीन एमाले ४ सांसदको फ्लोर क्रसको बलमा सरकार जोगिएको थियो ।
त्यतिबेला अर्थात वैशाख ३ गते ६ महिनापछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्ने गरी मुख्यमन्त्री शाही र काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच लिखित सहमति भएको थियो ।