काठमाडौं । आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले ३० सिट क्षमताको जेट्स्ट्रीम जहाजबाट सोमबारदेखि सिमरामा नियमित हवाई उडान सुरु गरेको छ । यो वायुसेवाले आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रीमसहित कुल सात वटा विमानबाट उडान गर्ने क्रममा यस अघि भरतपुर, पोखरा , तुम्लिङटार, भैरहवा, नेपालगन्ज र विराटनगरमा नियमित उडान सुरु गरिसकेको छ।

गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाका अनुसार थप अन्य गन्तव्य सुर्खेत र भद्रपुर को लागि केही समयमै उडान भर्नेगरि तयारी भइरहेको छ। यात्रुहरुलाई सुरक्षित र भरपर्दो हवाई सेवा सुविधा दिन यो वायुसेवा सधै प्रतिवद्ध रहेको पनि थापाले बताए ।

यो वायुसेवाले गुणस्तरीय हवाई सेवा दिन आवश्यकता अनुसार उडानहरु थप गर्दै आन्तरिक हवाइ बजारमा आफूहरु पनि उच्च स्तरको सेवा दिंदै उडान गरिरहेको थापाले बताए।उडान सुरु गरिएको गन्तव्यहरुमा यात्रुहरुबाट राम्रो साथ पाएको र यसबाट गुण एयरलाइन्सलाई थप हौसला प्राप्त भइरहेको पनि थापा बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय