
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त हुनुभएको छ ।
५० सांसदको हस्ताक्षरसहित पाँच दलका बहुमत सांसदको समर्थनबाट नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । राईले प्रदेशको तेस्रो मुख्यमन्त्री हुने अवसर पाउनुभएको छ ।

राईलाई मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् ।
भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएपछि गठबन्धनका तर्फबाट राई मुख्यमन्त्री हुनुभएको हो । राई तत्कालिन एमालेबाट प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको हो ।