काठमाडौं । ग्लोबल आईएमई बैंकले यसपालिको तिहारको लक्ष्मीपूजाको दिनबाट तीन दिन बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ ।

यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटीकाको दिनसम्म रहनेछ । यस छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आईएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिगमार्टको कुनै पनि आउटलेटबाट सामान खरिद गर्दा कुल खरिदको १० प्रतिशत वा ३ सय रुपैयाँसम्म छुट पाउनेछन् ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजना ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २ सय ८३ शाखा, २ सय ५२ एटीएम, २ सय ६२ शाखा रहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय