काठमाडौं । नेपालप्रहरीमा एस.एस.पी.बाट डी.आइ.जी. पदमाहुनलागेको बढुवाको यतिवेलाखुबै चर्चा छ । उक्तपदमा १० रिक्तपदमाहुनलागेको बढुवामा तीन वटा ब्याचहरुको भीडन्त हुँदैछ । प्रहरीवृतमा यो विषयले बजार तातेको छ । डी.आइ.जी. पदमा बढुवाको दावेदारमा २०५४ साल चैतमा सेवाप्रवेश गरेका, २०५६ सालअसारमा सेवाप्रवेश गरेकातथा २०५८ सालमा नेपालप्रहरीमा छिरेका तर राष्ट्रिय अनुसन्धानविभागमाप्रवेश गरेको मितिजोडेर ‘सिनियर’ बनेका टोलीहरुको प्रतिस्पर्धा छ ।

२०५४ साल चैतमाखुलाप्रतिस्पर्धाबाट प्रहरी सेवाप्रवेश गरी २०७९ साउन ३ गते एस.एस.पी. भएका २ जना, २०५८ सालमा नेपालप्रहरीमा छिरेका तर राष्ट्रिय अनुसन्धानविभागमाप्रवेश गरेको मितिजोडेर ‘सिनियर’ बनेका र २०७९ साउन ३ गते नै एस.एस.पी. भएका १० जनातथा २०५६ सालअसारमाखुलाप्रतिस्पर्धाबाट प्रहरी सेवामाप्रवेश गरी २०८० वैशाख २४ गते एस.एस.पी. भएका १५ जना गरी जम्मा २७जनाअधिकृतहरुको बीचमा १० सीटको लागिप्रतिस्पर्धा भइरहेको छ ।

२०५४ र २०५६ सालमाप्रहरी निरीक्षकपदमाखुलाप्रतिस्पर्धामा सामेल भएर लोक सेवाआयोगद्वारा लिइएको लिखित परीक्षाहरु, शारीरिक बाधापार परीक्षा, मेडिकल टेस्ट तथाअन्तरवार्ता आदि सबै चरण पार गरेर सेवाप्रवेश गरेकाअधिकृतहरु तुलनात्मक रुपमा राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएर आएकाअधिकृतहरु भन्दाकार्यक्षमता, अनुभव, अनुशासन, नैतिकता, आचरण र पदीयमर्यादाको सवालमाउम्दा छन् । यसमा कसैको कुनै शंकै छैन । नेपालप्रहरीमा ‘नमस्ते टोली’को नामबाट परिचित राष्ट्रिय अनुसन्धान विभागबाट आएकायीअधिकृतहरु ‘चुरोटको खोलमानिवेदन लेखेर जागीर खाएका’भनेर समेत प्रसिद्ध छन् । नेपालप्रहरीको कुनै पनिप्रतिस्पर्धात्मक परीक्षामा सामेल नभएकायिनीहरु नेपालीकांग्रेसकाखुमबहादुर खड्का गृहमन्त्रीहुँदामन्त्रीस्तरीय निर्णयबाट नेपालप्रहरीमाप्रवेश गर्न सफलभएकाथिए । खुमबहादुरकादुइचार जनाभाइभतीजाहरु तथा नेपालीकांग्रेसकाकार्यकर्ता भएकै कारणले राष्ट्रिय अनुसन्धानविभागमाबिनाकुनै प्रतिस्पर्धा ५ रूपैयाँको टिकट नोटमा निवेदन लेखेर पेश गरेकै भरमाजागीर खान सफलभएकायिनीहरु तत्कालीन समयमाप्रहरीले नचाहँदानचाहँदै पनिपावर र पहुँचको भरमा नेपालप्रहरीतर्फ सेवा परिवर्तन गराई छिरेका मानिन्छन् ।

नेपालप्रहरीमा २०५८ सालमाप्रवेश गर्ने तर राष्ट्रिय अनुसन्धानमा छिर्दाको अवधिजोडेर आफूलाई २०५३ र २०५४ सालको ब्याचभन्दै हिँड्ने यिनीहरुको टोलीतत्कालीन समयमा ३० जनाभन्दा बढीको संख्यामा नेपालप्रहरीमा स्थानान्तरण हुन सफलभएको थियो । स्मरण रहोस्, नियमितप्रतिस्पर्धा गर्न नसकीबीचमा ‘झ्यालबाट छिरेका’यिनीहरुलाई नेपालप्रहरीमाप्रवेश गरेको मितिदेखि मात्रसिनियरीटी कायमगरिनुपर्छ भनेर प्रहरीमाखुलाप्रतिस्पर्धाबाट सेवाप्रवेश गरेका २०५४ साल, २०५६ सालतथा २०५८ सालकातत्कालीनप्रहरी निरीक्षक टोलीहरुले सर्वोच्चअदालतमा रीट समेत दायर गरेकाथिए, जुनयही टोलीले पैसा, पावर र पहुँचको बलले खारेज गराउन समेत सफलभएको थियो । यसरी बीचमा छिरेकायीअधिकृतहरुकाकारण २०५४, २०५६ तथा २०५८ सालमा सेवाप्रवेश गरेकाक्रमशः १११, ११२ र ११४ औं टोलीकाप्रहरी अधिकृतहरु बढुवामा सधैं पछाडि पर्न बाध्यभए, किनकिप्रहरीमा धेरै पछि आएतापनिउताको सेवाअवधिजोडेर जबरजस्तीसिनियर भएका ३० जनाभन्दा बढीको संख्यामा रहेकायिनीहरु अर्काको भागखोसेर अगाडि बढुवा हुन सफलभइरहेका छन् ।

भर्खरै मात्र नेपालप्रहरीमा ६ जना ए.आइ.जी. हरुको बढुवा भयो । यहीबढुवामा समेत पैसा र पावर प्रयोग गरी यिनीहरु झण्डै बढुवा हुनलागिसकेकाथिए, यिनीहरुकै कारणबाट झण्डै एक महीना पछि धकेलिएको बढुवा प्रक्रियामाअन्ततः नेपालप्रहरीले ऐतिहासिक निर्णय गर्दै यिनीहरुलाई सामेल गराएन र प्रहरीमै खुलाप्रतिस्पर्धामा भिडेर प्रवेश गरेकाअधिकृतहरुलाई न्यायमिलेको अनुभूति गरायो ।

अबहुने एस.एस.पी. बाट डी.आइ.जी. को बढुवामा पनित्यस्तै किसिमको ऐतिहासिक निर्णयको आवश्यकता छ, नेपालप्रहरीले भोलिभावी नेतृत्वको रूपमा योग्य, सक्षम र इमान्दार अधिकृतहरुलाई अगाडि ल्याउन चाहन्छ भने यो बढुवामा पनियिनीहरुलाई समावेश नगराएर स्वाभाविक रुपमाप्रहरी सेवामाप्रवेश गरेकाअधिकृतहरुलाई न्यायदिन सक्नुपर्दछ । तब मात्रविगतमाअन्याय पूर्ण तरीकाले बढुवामा पछाडि पारिएका नेपालप्रहरीका योग्य र दक्षअधिकृतहरुले निसाफ पाउँछन् ।

स्मरणयोग्य कुरा के छ भने, राष्ट्रिय अनुसन्धानविभागको अधिकृत भन्दा नेपालप्रहरीको त्यहीदर्जाको अधिकृत मर्यादाक्रममामाथि हुन्छ । जस्तो कि २०५३ सालमा सेवाप्रवेश गरेको राष्ट्रिय अनुसन्धानविभागको निरीक्षकभन्दा २०५४ सालकै भएतापनि नेपालप्रहरीको प्रहरी निरीक्षकमर्यादाक्रममामाथि हुन्छ वासिनियर हुन्छ ।

यसरी स्वाभाविक रुपमा राज्यको मर्यादाक्रममा ‘माथि’ रहेकाअधिकृतहरुलाई सेवा परिवर्तन गरेर आएका र केहीदिन अगाडिसम्म ‘तल’ रहेका मान्छेहरुले जबरजस्तीजुनियर बन्नबाध्यबनाउँदाउनीहरुको वृत्तिविकासमा कस्तो असर पर्यो होलाभन्ने कुरा राज्यले कहिले सोचेन ।
यसरी सेवाप्रवेश गरेकै आधारमासिनियर मानेर बढुवा गर्दै जाने हो भने नेपालप्रहरीसंगै बेसिकतालिम गरेका, नेपालप्रहरी कै दर्जानीचिन्ह पद धारण गरेर सेवाप्रवेश गरेकामहनगर प्रहरीलाई समेत नेपालप्रहरीमाभित्र्याएर एस.पि.लाई एस. एस. पि र एस. एस. पिलाई डि.आई. जि. बनाए भै गो निभन्ने कुरा प्रहरी संगठनको भित्रको बुझाइ छ । नेपालप्रहरीको ऐन, कानुनबमोजिमकामकार्य गर्न मञ्जुरी छु भनि सेवाप्रवेश गर्ने अहिले पदको लोप लालचमाआएर राष्ट्रिय अनुसन्धानमाप्रवेश गरेकाआधारमा म सिनियर हुँभन्दै घमण्ड गर्न मिल्छ र ?

फेरि एक, दुइजनाअपवादबाहेक राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा स्थानान्तरण भएर आएकायीमनुवाहरु कार्य सम्पादन, क्षमता, आचरण, नैतिकता, इमान्दारिताआदिको सवालमाअत्यन्तकमजोर साबित भएका छन् । अधिकांशअधिकृतहरु नैतिकआचरण नभएका, भ्रष्टाचारमा डुबेका, कार्यक्षमताकमजोर भएकाकारण पटक पटककारवाहीमा परेका छन् । नेपालप्रहरीमा छिरेपछि पैसा र पहुँचको बलमा राम्रो राम्रो पोष्टिङ्ग, यू.एन. मिसन, छिटो छिटो बढुवा पाउन सफलभएकायिनीहरु जुन पार्टी सरकारमा हुन्छ त्यही पार्टीको कार्यकर्ता झैं भएको दावीगर्दछन् । अत्यन्तअवसरवादीयिनीहरु प्रहरीमाजहिले पनि राम्रो राम्रो पोष्टिङ्ग पाउने भाग्यमानीमा समेत पर्दछन् ।

त्यसकारण भावी नेतृत्वमा योग्य, दक्ष, सक्षम, कर्मठ, इमान्दार र निष्पक्षअधिकृतहरुलाई हेर्न चाहने हो भने नेपालप्रहरीले यसपालाको बढुवामा फेरि पनि ऐतिहासिक निर्णय गर्नुपर्दछ र नेपालप्रहरीमा स्वाभाविकप्रतिस्पर्धाको माध्यमबाट सेवाप्रवेश गरेकाअधिकृतहरुलाई बढुवा गराएर प्रहरी भित्रको भाइचारा, टीम स्पिरिट र मनोबललाई उकास्नअत्यन्त जरूरी छ ताकि फेरि पनि कसैले एउटा सेवामाप्रवेश गर्ने अनि पैसा र पावरको बलमाअर्कै सेवामा छिरेर त्यहाँ भाँडभैलो गर्ने अवसर नपाओस् । एकपटक सोचौं त, यस्तै प्रवृत्ति रहिरहने हो भने भोलिनिजामतीकर्मचारी, शिक्षक, वनपालेहरु भटाभट सैनिक र प्रहरीमा छिर्न थाले र त्यहाँपहिलै रहेका मान्छेहरुको भागखोस्दै बढुवा हुनथाले भने यो देशको भविष्य कस्तो होलाभन्ने क’÷ा सम्माननीयप्रधानमन्त्रीज्यू गृहमन्त्रीज्यू लगायत सम्बन्धित सबै निकायहरुले यसतर्फ बेलैमा सोच्ने हो कि !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय