
काठमाडौं । पशुपति क्षेत्र विकास काेषका कार्यालय प्रमुख र सहायक पुजारीसहित पाँच जना जुवा खालबाट पक्राउ परेका छन् ।
चार भण्डारीका मूल भण्डारी कविन्द्रराज र कार्यालय प्रमुख ईश्वरमान भण्डारीसहितका पाँच जनालाई प्रहरीले शनिबार दिउँसो पशुपति क्षेत्र विकास कोषको जय बागेश्वरीस्थित अफिसमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेकाे हो ।

समाचार स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त गौशलाबाट खटिएको डिएसपीसहितको टोलीले उनीहरूलाई शनिबार दिउँसो करिव ४ बजेतिर पशुपति क्षेत्र विकास कोषको जय बागेश्वरीस्थित अफिसबाट जुवा खेलिरहेकाे अवस्थामा पक्राउ गरेको हो । उनीहरूकाे साथबाट नगद पनि बरामद गरिएकाे थियाे ।
उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट आइतबार पाँच दिनको म्याद थप भइ अनुसन्धान भइरहेको छ । हाल उनीहरूलाई महानगरीय प्रहरी वृत्त गौशलामा राखिएकाे छ ।