दुबई । लगातार चौथो जितसँगै इंग्ल्यान्ड संयुक्त अरब इमिरेट्स (युएई) मा जारी टी–२० विश्वकप २०२१ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को खेलमा इंग्ल्यान्डले सोमबार राति श्रीलंकालाई २६ रनले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । हारसँगै श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ ।

जितका लागि १६४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा सबै विकेट गुमाएर १३७ रनमात्रै बनाउन सक्यो । श्रीलंकाका बानिन्दु हसरंगाले २१ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन जोड्नुभयो । यस्तै भानुका राजपक्षे र दासुन शनाकाले समान २६-२६, ओपनर पाथुम निसांका १, कुशल परेरा ७, चारिथ असलंका २१ र अविष्का फर्नान्डो १३ रनमा आउट हुनुभयो ।

इंग्ल्यान्डका आदिल राशिदले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिनुभयो । यस्तै क्रिस जोर्डनले ४ ओभरमा २४ रन खर्चेर २ तथा मोइन अलीले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय