काठमाडौं । इरान र इजरायलबीच गत बिहीबारदेखि जारी युद्ध बढ्दो क्रममा छ । दुबै देशले एक अर्का विरुद्ध भीषण बमबारी गरिरहेका छन् ।

इजरायलले हिजो गरेको आक्रमणमा इरानका सैन्य जासुसी प्रमुखको मृत्यु भएको छ । इरानले गरेको आक्रमणमा इजरायलमा १० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने कयौं मानिस घाइते भएका छन् ।

इजरायलले इरानको पारमाणविक संरचना, सैन्य क्षेत्र र घना बस्तीमा आक्रमण गरेपछि इरानले बदलामा ड्रोन र ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षले सम्झौता गरेर युद्ध रोक्नु पर्ने बताउनु भयो ।

तर इरानले भने आक्रमण भइरहेको अवस्थामा युद्धविरामको सम्झौता गर्न नसकिने बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने मुख्य मुद्दा हालको तनाव कम गर्ने भन्दा पनि इरानलाई पारमाणविक क्षमता विकास गर्नबाट रोक्नु रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय