काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन तयारी समिति गठनसहितका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ।

पटकपटक तोकिएको मितिमा महाधिवेशन नभएपछि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको तीव्र आलोचना भइरहेका बेला उनले यही कात्तिक २८ गते केन्द्रीय समितिको बैठक बोलाएका हुन्।

बैठकले कात्तिक ११ गते निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित कार्यतालिका अनुसार महाधिवेशन तयारीलगायतका समितिहरू गठन गर्ने नेताहरूले बताएका छन्। बैठकले महाधिवेशनमा पेस गर्ने पार्टीका विभिन्न दस्तावेज लेखनका साथै आर्थिक र अन्य समिति गठन गर्नेछ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्नेगरी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। विधानअनुसार चार वर्षभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने भए पनि साढे पाँच वर्ष गुज्रिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय