काठमाडौं । सरकारले आजदेखि १२ वर्षमाथिका दीर्घ रोगीलाई कोभिड–१९ विरुद्धको फाइजर खोप दिँदैछ ।

१२ वर्षमाथिका आठ प्रकारका दीर्घरोग भएका व्यक्तिहरूलाई सरकारले फाइजर खोप दिन लागेको हो ।

यो खोप अभियान मंसिर चार गतेसम्म चल्नेछ । खोप लगाउनका लागि सरकारले देशभर २४ वटा अस्पताल तोकेको छ । यसअघि कोभिड–१९ विरुद्धको खोप लगाएका खोप केन्द्रमा फाइजर खोप लगाउन पाइनेछैन ।

सरकारले तोकेका अस्पतालमा मात्रै फाइजर खोप लगाउन पाइनेछ । तोकिएका अस्पतालहरूमा बिहान १० देखि ४ बजेसम्म खोप लगाउन पाइनेछ ।

खोप १२ वर्षभन्दामाथिका दीर्घरोगीलाई देशभरिका २४ वटा अस्पतालबाट दिइनेछ ।

खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घरोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ । खोपको दोस्रो मात्रा मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

खोप कसले पाउने ?

– १२ वर्षमाथिका निम्न दीर्घरोग भएका बिरामी

– लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति

– लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि खाइरहेका बिरामी

– जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी

– लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पुर्जा बमोजिम औषधि खाइरहेका बिरामी

– अङ्ग प्रत्यारोपण गरेका व्यक्ति

– लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भइ डाक्टरको निगरानीमा उपचार गराइरहेका बिरामी

– कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति

– मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका व्यक्ति

कसले लगाउन मिल्दैन ?

– कोभिड– १९ विरुद्धको अन्य कुनै खोप लगाएका व्यक्तिले यो खोप लगाउनु हुँदैन ।

– १२ वर्षभन्दा कम उमेर भएका व्यक्तिले पनि यो खोप लगाउनु हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय