काठमाडौं । स्थानीय प्रशासनले कर्फ्यु लगाए पनि जेनजीले दोश्रो दिन मंगलबार बिहानैदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन थालेका छन् । बानेश्वर चोकमा जम्मा भएर प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । उनीहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्नुका साथै ‘हाम्रा साथी फिर्ता दे सरकार’ जस्ता नारा लगाइरहेका छन् ।
सोमबारको प्रदर्शनका क्रममा १९ प्रदर्शनकारीले प्रहरीको गोलीबाट ज्यान गुमाएका थिए । यस्तै ४ सयभन्दा बढी घाइते छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं महानगरपालिकाका चक्रपथभित्रको क्षेत्रमा बिहान साढे ८ बजेबाट अनिश्चितकालीन कर्फ्यु लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले नेपालको इतिहासमै सवैभन्दा ठूलो मानव हत्या गरेको छ ।

देशमा ब्याप्त कुशासन विरुद्ध स्वस्फूर्त प्रदर्शन उत्रिएका जेन जी युवाहरुको प्रदर्शनमा बर्बर दमन गरेर ओली सरकारले एकै दिन कम्तिमा डेढ दर्जन बढी युवाको ज्यान लिएको छ ।
कुनै पनि राजनीतिक आन्दोलनमा एकै दिन यति धेरै नागरिक मारिएको इतिहासमा पहिलो पटक हो । घटनामा ४ सय बढी घाइते भएका छन् ।

