एजेन्सी । टी–२० विश्वकप २०२१ को फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले पराजित गरेको छ ।

शीर्षक्रमका ब्याटर मिचेल मार्शको उत्कृष्ट ब्याटिङको सहयोगमा अस्ट्रेलियाले आइसिसी टी–२० विश्वकपको उपाधि जितेको हो । १४ वर्ष लामो टी–२० विश्वकपको इतिहासमा अस्ट्रेलियाको नाममा यो पहिलो टी–२० विश्वकप हो । न्युजिल्यान्डले विश्वकपको फाइनलमा फेरि जित हात पार्न सकेन ।

न्युजिल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७२ रन बनाएको थियो । अस्ट्रेलियाले यो लक्ष्य १९ औं ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।

अस्ट्रेलियाको सुरुवात राम्रो हुन सकेन र आरोन फिन्च मात्र ५ रन बनाएर आउट भए । तर त्यसपछि आएका मिचेल मार्सले ओपनर डेभिड वार्नरसंग दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरे ।

वार्नर ३८ बलमा ५३ रन बनाएर १०७ रनमा आउट हुँदा अष्ट्रेलियाको झोलामा खेल आइसकेको थियो । मिचेल मार्स ७७ रनमा अविजित रहे । ग्लेन म्याक्सवेल १८ बलमा २८ रनमा अविजित रहे ।

न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले धमाकेदार ब्याटिङ गर्दै ४७ बलमा ८५ रन बनाएका थिए । मिचेल जस्तै उनी पनि हेजलवुडको बलमा आउट भए । यसपछि मार्टिन गुप्टिलले ३५ बलमा २८ रन बनाए । डेरिल मिचेलले ८ बलमा ११ रन बनाए । ग्लेन फिलिप्सले १७ बलमा १८ रन बनाए ।

यस इनिङ्समा अस्ट्रेलियाका लागि जोस हेजलउडले सर्वाधिक ३ विकेट लिए । उनले मिचेल, विलियम्सन र फिलिप्सलाई प्याभिलियनमा लगे । टी–२० विश्वकपको फाइनल खेलमा अष्ट्रेलियाले टस जितेर न्युजिल्याण्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । दुबईको इन्टरनेशनल स्टेडियममा साँझ ७ः३० बजे सुरु भएको यो खेलमा सबैको नजर थियो ।

अस्ट्रेलिया विजेताले १.६ मिलियन डलर पुरस्कार पाउने छ । उप विजेता टोली न्युजिल्यान्डले ८ लाख डलर प्राप्त गर्ने भएका छ । सेमिफाइनलमा पराजित हुने दुई टोलीले इंग्ल्यान्ड र पाकिस्तानले ४–४ लाख डलर प्राप्त गर्नेछन् ।

अस्ट्रेलियाले यसअघि दुई च्याम्पियन्स ट्रफी र पाँच विश्वकप उपाधि जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय