काठमाडौँ । काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई सचेत गराउने उद्देश्यले उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजना गरिएको सातदिने ट्राफिक सप्ताह सम्पन्न भएको छ।
‘सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानको ठमेलमा विविध सांस्कृतिक कार्यक्रम गरी समापन गरिएको हो। ट्राफिक सप्ताहका क्रममा जनचेतनामूलक कार्यक्रम, सडक नाटक, रक्तदान, चालक प्रशिक्षण तथा आँखा शिविरलगायत गतिविधि सञ्चालन गरिएका थिए।

समापन कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चालक, यात्रु र पैदलयात्री सबै जिम्मेवार बनेमा सवारी दुर्घटना न्यूनीकरण सम्भव हुने बताए। उपत्यका ट्राफिक प्रहरी कार्यालयले अभियानमार्फत हजारौँ नागरिकलाई ट्राफिक नियमसम्बन्धी सचेतना प्रदान गरिएको जनाएको छ।

