
चितवन । नेकपा (माले) को महासचिवमा सिपी मैनाली पुनः चयन भएका छन् । नारायणगढमा भएको पार्टीको आठौं महाधिवेशनले नयाँ नेतृत्वसहित केन्द्रीय समिति चयन गरेको हो ।मैनालीको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेका छन् ।
कुमार बेलवासेले मैनालीलाई महासचिवको रुपमा गरेको प्रस्तावलाई निर्वाचन कमिटी अध्यक्ष मण्डलले सर्वसम्मती निर्णय हो । मैनालीले लामो समयदेखि पार्टीको नेतृत्व सम्हाल्दै आएका छन् ।

३०३५ सालमा नेकपा मालेको स्थापना भएको थियो । त्यसबेला मैनाली नै महासचिव भएका थिए । महाधिवेशनमा देशभरबाट तीन सय ५० प्रतिनिधि सहभागी भएका थिए ।