काठमाडौं । राप्रपाको आइतबारबाट सुरू भएको सातवटै प्रदेशको अधिवेशन सोमबार सम्पन्न भएको छ । केही प्रदेशमा सर्वसम्मत र केही प्रदेशमा मतदानबाट परिणाम आएको छ ।

प्रदेश १ मा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा, गण्डकी प्रदेशमा मदनबहादुर कार्कीलाई पराजित गर्दै हेमजङ्ग गुरुङ मतदान प्रक्रियाबाट अध्यक्ष पदमा निर्वाचित भएका छन् भने प्रदेश २ मा भरत गिरी, बाग्मती प्रदेशमा विक्रमबहादुर थापा, कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा धर्मराज जोशी सर्वसम्मत अध्यक्ष चयन भएको महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा प्रदीपकुमार उदयले ऋषिराज देवकोटालाई पराजित गर्दै प्रदेश अध्यक्ष बनेका छन् ।

राप्रपाले आइतबार एकैदिन सातवटै प्रदेशको अधिवेशन आयोजना गरेको थियो । पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेर राप्रपाले ११–१३ मंसिरमा काठमाडौंमा महाधिवेशन गर्दै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय