सुर्खेत । कर्णाली प्रदेशमा एक जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले शपथ लिएको दुई साता पछि कर्णालीको मन्त्रीमण्डलमा एक जना मन्त्री थपिएका हुन् ।

नेकपा (एकिकृत सामाजबादी) को तर्फबाट चन्द्रबहादुर शाही मन्त्री बन्नु भएको हो । उहाँलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मवारी दिइएको छ । मुख्यमन्त्री शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले नेकपा (एकिकृत सामाजबादी) का शाहीलाई मंगलबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्नु भएको हो ।

मंगलबार प्रदेश प्रमुख परियारले नवनियुक्त मन्त्री शाहीलाई पद तथा गोपनियताको शपथ खुवाउनु भएको छ । नेकपा (एकिकृत सामाजबादी) का संसदीय दलका नेता समेत रहनु भएका मन्त्री शाही मुगु प्रदेशसभा (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।
मन्त्रालय भागबन्डा नमिल्दा अझै पनि कर्णालीको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन् । माओवादी केन्द्रले गठबन्धनमा आफ्नो दल ठूलो भएकाले बढी मन्त्री पाउनुपर्ने अडान राख्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय