
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाउनुभएको छ ।
राईले राखेको प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ । प्रदेशसभाका कुल ९२ सांसदमध्ये मतदानमा ७९ जना उपस्थित भएका थिए ।

मुख्यमन्त्री राईको पक्षमा उनको पार्टी नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् ।