काठमाडौं । चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयमा दर्शनार्थीको उल्लेख्य भीड लागेको छ।

दर्शनार्थीको सहज आवागमन र व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषले मन्दिरका चारैवटा प्रवेशद्वार खुला गरेको जनाएको छ। साथै बोलबम यात्रामा सहभागी भक्तजनका लागि विशेष व्यवस्था मिलाइएको छ। दर्शनका लागि मन्दिर प्रवेश गर्न चारवटा छुट्टाछुट्टै लामको व्यवस्था गरिएको कोषले जनाएको छ।

राजधानीस्थित गोकर्णेश्वर मन्दिर, नागेश्वर मन्दिर, डोलेश्वर महादेव मन्दिर तथा मक्खन महादेव मन्दिर लगायतका प्रमुख शिव मन्दिरहरूमा पनि बिहानैदेखि श्रद्धालुहरूको लाम लागेको छ।

श्रावण महिनाका सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने धार्मिक परम्परा रहेकाले प्रत्येक सोमबार देशभरका शिवालयमा भक्तजनको उल्लेख्य उपस्थिति रहने गर्दछ। विशेषगरी जल, दूध, बेलपत्र, धतुरो र फूल अर्पण गर्दै श्रद्धालुहरूले भगवान् शिवको पूजा–आराधना गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय