काठमाडौँ । नेकपा (एमाले)का सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १० औं महाधिवेशनले केपी शर्मा ओलीलाई नै सर्वसम्मत पार्टी अध्यक्ष चयन गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा एक साक्षात्कार कार्यक्रममा बोल्दै भट्टराईले नेतृत्व सर्वसम्मतिले भए ओली नै अध्यक्ष हुने बताएका हुन् ।
आठौँ र नवौँ महाधिवेशनले गर्दा पार्टीको फुटको अवस्था सम्ममा आइपुगेको बताउँदै अब सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भट्टराइको भनाइ छ ।
सचिव भट्टराईले भने, ‘पार्टीको नेतृत्व सर्वसम्मत हुन्छ । त्यो सर्वसम्मत हुने अवस्थामा केपी ओली पार्टीको अध्यक्ष हुनुहुन्छ ।

मिसन के छ भने एमाले यसपटक सर्वसम्मत ढंगले नेतृत्व चयन गर्ने । किनकि हामीले आठौं महाधिवेशनमा खुला चुनाव गर्यौं । नवौंमा पनि खुला चुनाव गर्याैं । त्यो चुनावको अनेकौं असल पक्षहरू पनि थिए, नेतृत्वको चुनाव हुँदा । तर त्यसको कमजोरी पक्ष के रह्यो भने त्यसले पार्टीमा तलदेखि माथिसम्म समानान्तर विभाजनको अवस्था ल्यायो । समूह बन्दीको अवस्था ल्यायो । पार्टी विभाजनसम्म हामी भोगी राखेका छौं ।

यो तितो अनुभवबाट शिक्षा लिँदै यसपटक हाम्रो जोड छ कि–पार्टीमा सहमतिका साथ नेतृत्व चयन गर्ने । एसो गर्दा ए, बी, सी जो पनि हुनसक्छ । त्यो हाम्रो कोसिस छ । र त्यो भएन भने हरेक मान्छेले आफूले चाहेको ठाउँमा प्रतिस्पर्धा गर्न पाउँछ । त्यसको निम्ति कुनै बन्देज छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय