काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वार्ताका लागि बोलाएको प्रस्तावलाई नेपाल बार एशोसिएसनले ठाडै अस्वीकार गरेको छ ।

शुक्रबार बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र लेखेर वार्तामा आउन भने पनि उक्त वार्ता प्रस्तावलाई बारले ठाडै अस्वीकार गरिदिँदै थप आन्दाेलनकाे घोषणा गरेकाे छ।

आइतबार देशभरका अदालतमा कानुन व्यवसायीहरुले बहस पैरवी नगर्ने बारले निर्णय गरेको छ । सोमबार संसदलाई प्रधानन्यायाधीश जबरामाथिको आरोप पत्र र ज्ञापनपत्र बुझाइने पनि निर्णय भएको बताइएको छ ।

त्यसपछि मंगलबार कानून व्यवसायीहरुले देशभरका अदालतमा कुनैपनि मुद्दा दर्ता नगरी सांकेतिक विरोध गर्ने र हदम्यादको अन्तिम दिन भएका मुद्दा भने दर्ता गर्न छुट दिने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय