अमेरिकी सिनेटर केभिन म्याकार्थीले संसदमा ८ घण्टा ३२ मिनेटसम्म भाषण गरेर नयाँ किर्तिमान बनाएका छन् ।

शुक्रबार सिनेटर केभिनले राष्ट्रपति जो बाइडेनको ‘विल्ड ब्याक बेटर’ प्रस्ताव माथिको छलफलमा ८ घण्टा ३२ मिनेटसम्म लगातार बोलेका थिए ।

सिनेटर केभिनले अहिले सभामुख रहेकी न्यान्सी पोलेसीको किर्तिमान तोडेका हुन् । पोलेसीले २०१८ मा ८ घण्टा ७ मिनेटसम्म भाषण गरेकी थिइन् ।

आफ्नो भाषणमा रिपब्लिकन सिनेटर केभिनले अनावश्यक खर्च रोक्नुपर्नेमा जोड दिदै डेमोक्रेट नेतृत्वको सरकारको आलोचना गरेका थिए ।

न्यूयोर्क टाइम्सका अनुसार शुरुवातमा केबल २० मिनेट मात्र बोल्ने समय तय गरिएको थियो । तर सिनेटर केभिन लगातार ८ घण्टा ३२ मिनेटसम्म बोलेका थिए । उनले बोल्नेक्रममा महंगाई, बर्डर सेक्युरिटी, अफगानिस्तान प्रकरण लगायतका विषयमा बोलेका थिए ।

समय तोकिएको भएपनि सिनेटर केभिनले एक नियमको फाइदा उठाएर यति लामो समयसम्म बोलेका थिए । हाउस अफ रेप्रिजेनटेटिभमा एक नियम रहेको छ जसलाई ‘म्याजिक मिनेट’ भनिन्छ । यस अन्तर्गत संसदमा सत्ता पक्ष वा विपक्षका नेता एक पटकमा जब सम्म बोल्न सक्छन, जबसम्म बहस सकिदैन । केभिनले पनि यसै नियमको फाइदा उठाएर यति लामो बोल्केको बताइएको छ ।

यस अघि संसदमा केभिनको लामो भाषण केवल २० मिनेट १७ मिनेटको रहेको थियो । निरन्तर बोलिरहेपछि डेमोक्रेट सांसदले मिस्टर केभिन तपाइँ ठिक हुनुहुन्छ भन्दै प्रश्न समेत गरेका थिए ।

डेमोक्रेटिक सांसदहरुले १.९ ट्रिलीयन डलरको प्रस्ताव छिटो मतदान गरेर पारित गर्ने तयारी गरेपनि केभिनको भाषणका कारण समयमा पारित हुन सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय