एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ । गएराति भएको खेलमा युनाइटेड वाट्फोर्डसँग ४-१ गोल अन्तरले पराजित भएको हो ।

वाट्फोर्डलाई सानदार जित दिलानको लागि जोसुआ किङ, इस्माइला सार, जोओ पेड्रो र इमानुएल डेनिसले समान एक–एक गोल गरे । युनाइटेडका डोनी भान डि विकले गोल गरे ।

खेलको २८औं मिनेटमा जोसुआ किङले गोल गर्दै वाट्फोर्डलाई अग्रता दिलाएका थिए । उनले इमानुएल डेनिसको पासमा गोल गरेका थिए । ४४औं मिनेटमा इस्माइला सारले गोल गर्दै आग्रता दोब्बर बनाए ।

५०औं मिनेटमा डोनी भान डि विकले गोल गर्दै एक गोल फर्कए । उनले क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए ।

इन्जुरी समयमा वट्फोर्डले दुई गोल थपे ९२औं मिनेटमा जोओ पेड्रोले गोल गर्दै वड्फोर्डलाई ३-१ले अघि बढाए । ९६औं मिनेटमा
इमानुएल डेनिसले गोल वट्फोर्डलाई सानदार जित दिलाए ।

यो जितसँगै वाट्फोर्ड १३ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ । पराजित युनाइटेड १७ अंक सहित सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय