नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताउनुभएको छ । सत्ता गठबन्धन चिर्वाचनसम्म जान नसक्ने उल्लेख गर्नुहुँदै उहाँले एमाले एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताउनुभएको हो । काठमाडौं महानगरपालिकाले शनिबार आयोजना गरेको नेपाल संवत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमाले कसैको वैशाखी नटेकेर आफैँ निर्वाचनमा लड्न सक्षम रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘हामी आफैँ निर्वाचन लड्न सक्षम छौँ । आफैँ जित्छौँ ।’

अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई देख्न नसक्नेहरू फुटाएको आरोप लगाउनुभयो । ओलीलाई सबै राजनीतिक दलहरू मिलेर आए पनि एमालेलाई केही फरक नपर्नेसमेत बताउनुभयो । गठबन्धन निर्वाचनसम्म जाने कुरामा नेपाली कांग्रेस मौन रहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘सत्ता गठबन्धनका केही दलले निर्वाचनसम्म सँगै जान्छौँ भनेका छन । तर, नेपाली कांग्रेसले त्यसो भनेको हामीले सुनेका छैनौँ । अरू दल कांग्रेसको औँला नसमातेर हिँड्न सक्दैनन् ।’

उहाँले औँला समातेर हिँड्न पल्केकाहरूलाई कांग्रेसले कहिलेसम्म औँला दिने हो भन्ने थाहा नभएको बताउनुभयो । आफ्नो सरकार ढालेर कांग्रेसको सरकार बनाउनेहरू कांग्रेसको औँला समातेर हिँडे पनि कहिलेसम्म कांग्रेसले औँला दिन्छ भन्ने कुरा आफूलाई पनि थाहा नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो सरकार ढालेर कांग्रेसको सरकार बनाइदिनेहरू, कांग्रेसको आंँैला समातेर हिँड्न पल्केकाहरू, त्यो हिँड्न खोज्छन् नै । तर, कांग्रेसले कहिलेसम्म औँला दिन्छ, मलाई थाहा छैन ।’ अध्यक्ष ओलीले नेकपा एमाले फोहोरबिनाको स्वच्छ भएको दाबी पनि गर्नुभयो । उहाँले राष्ट्र निर्माणका लागि पनि एमाले एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको पनि बताउनुभयो ।

सो अवसरमा अध्यक्ष ओलीले नेपाल सम्वतको क्यालेण्डरसमेत सार्वजनिक गर्नुभएको थियो । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका नागरिकलाई सर्वसुलभ सेवा पु¥याइरहेको बताउनुभयो । उहाँले साझा यातायातमा ज्येष्ठ नागरिक र पाँच वर्षभन्दा मुनिका बालबालिकालाई निःशुल्क सेवा दिइरहेको जानकारी दिनुभयो । महानगरका कमिटीका अध्यक्ष निर्मल देउलाले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजय गराउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय