बैतडी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार गोठलापनी बजार नजिकै कलुवामोडमा म १ ज ३१० नं को जिप दुर्घटनामा परेको हो ।

देहिमाण्डौबाट जन्ति लगेर दशरथचन्द नगरपालिका ६ सिमायलतर्फ जादै गरेको जिप सोही नगरपालिकाको वडा नं ४ स्थित कलुवामोडमा दुर्घटना हुदा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिपमा ७ जना सवार रहेको र ३ जनाको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी बोधराज ओझाले जानकारी दिए ।

मृत्यु हुने सबै दशरथचन्द नगरपालिका–६ का रहेका छन् । दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको मृत्यु भएको खड्काले बताउनुभयो ।

दुर्घटनामा परेर दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय हर्कबहादुर चन्द र जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा लगिएको छ ।

राति साढे आठ बजेतिर जीप सडकबाट सात सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय