
सानुबावु सिलवाल
अमेरिका आफैमा बिशाल छ। बिशाल मुलुकका ५० वटै राज्यहरु बसाइका हिसाबले सबै सुरक्षित छैनन। मानिसका लागि सुरक्षणको सबाल सधै अग्र भागमा आउने गर्दछ। अमेरिकाका केहि राज्यहरु बसाइका हिसाबमा औधि सुरक्षित छन त केहि राज्यहरु अत्यन्त खराब मानिन्छन अर्थात त्यहा सुरक्षा कमजोर छ।
आर्थिक वेवसाइट वालेटहबका अनुसार अमेरिकाका राज्यहरु सुरक्षाका बिबिध सबालहरुमा कुनै कमजोर छन त कुनै असाध्यै राम्रा छन। यसले सुरक्षाका बिबिध ५ समुह अन्तर्गत ४८ बिधामा गरिएको अध्ययन, सर्बेक्षणमा ब्याक्तिगत एबम रेसिडेन्सियल सुरक्षा, आर्थिक सेफ्टि, सडक सुरक्षा, कार्यक्षेत्र एबम वर्किङ्ग सेफ्टि, आपतकालिनका लागि तयारि एबम अपराधको सबाललाइ अध्ययनको मुख्य आधार बनाएको छ।
अमेरिका भनेजस्तो र सोचे जस्तो त्यति इजि छैन। सयौ मानिसहरु मरिरहेका छन अपराध एबम अन्य बिबिध कारणले हरेक घन्टा अमेरिकामा।
हामि मुलत बसाइसराइ, रोजाइको राज्यमा बिबिध सुरक्षा अर्थात सेफ्टिलाइ पनि फोकस र महत्व दिने गर्दछौ। हुनु पनि पर्दछ कुन राज्य कति सुरक्षित र बस्नका लागि अलि सुरक्षीत छन त? प्रेडिक्ट गर्न कठिन छ तर सर्सर्ति रुपमा यस्ता अध्ययन र सर्बेक्षणका नतिजाहरुले हाम्रो बसाइको छनौटको राज्यहरु पहिचानमा सहजता मात्रै ल्याउदैन। पहिले आफै बाचेर अरुलाइ बचाउनका निमित्त सुरक्षित बसोबास तर्फ नेपालिहरु ध्यान केन्द्रित गर्दैछन पनि।
अमेरिकामा १० उत्तम राज्यहरु सुरक्षा र सेफ्टी बसाइका लागि।
१) भरमण्ट २) मेन ३) मिनेस्टोटा ४) उटाहा ५) न्यु हेम्सियर ६) कनेक्टिकट ७) रोड आइल्यान्ड ८) हवाइ,९) म्याचाच्युसे १०) वाशिङ्गिटन।
अमेरिकाका सेफ्टिका हिसाबले १० खराब राज्यहरु
१) मिसिसिपि २) लुजियाना ३) ओक्लाहामा ४) टेक्सास ५) फ्लोरिडा ६) अर्कान्सस ७) अलावामा ८) मिजौरि ९) अलास्का १०) साउथ क्यारोलिना
यो लेखले अमेरिकामा बस्ने नेपालि दाजुभाइ दिदिबहिनि एबम नेपालबाट आउदै गरेका नया ब्याक्ति एबम परिवारका लागि यसखाले जानकारिहरुबाट लाभ लिन सकुन भन्ने नै हो।
