शारदा शिवाकोटी

सार्बजनिक पुस्तकालय भन्नाले सधारण जनताद्वारा पहुचयोग्य र सामान्यतया सार्बजनिक स्रोतहरुबाट अनुदान प्राप्त हुन्छ, जस्तै करहरु।
सार्बजनिक पुस्त्कालयहरु बिश्व भरी धेरै देसहरुमा अबस्थित छन। प्राय यसलाई शिक्षित र साक्षर जनसंख्या
एक अभिन्न अंश मानिन्छ। तिनीहरु सर्बजनिक हितकोलागि पुस्तकालय समिति द्वारा संचालित हुन्छन र सबैकालागि खुला हुन्छन् । र समुदायका सबै सदस्यहरुले प्रयोग गर्न सक्छन ! सर्बजनिक पुस्त्कालयहरुले आधरभुत सेवाहरु निसुल्क प्रधान गर्दछन !
परिभाषा :
“सार्बजनिक प्रयोगकोलागि राखिएको गैर नाफामुखी पुस्तकालय र समान्यतया स्थानीय करद्वारा पुर्ण वा आंशिक रुपमा समर्थित पुस्तकालयलाई सर्बजनिक पुस्तकालय भनिन्छ”
समाजमा पढने बानिको प्रबर्द्धन गर्नको उदेश्य पढाईलाई हाम्रो दैनिक जिवनको हिस्सा बनाउनु र पढ्नेबानिलाइ जिवनमा सबैले मन पर्ने र रमाइलो गर्ने बानीको रुपमा स्थापित हुने हो । बाल्बालिकामा पढ्ने बानिको बिकास गर्न सार्वजनिक पुस्तकालयले खेलेको महत्वोपुर्ण भुमिकालाई युनेस्कोको सार्बजनिक घोषणापत्र १९९४ मा हाइलाइट गरिएको छ।
युनेस्को सर्बजनिक पुस्तकालयको निम्न मिसन जारी गतेको छ।

मिसन:
सानै उमेर देखि केटाकेटीलाई पढ्ने बानी बसाल्नु र मजबुत बनाउने।
१. सबै स्तरमा ब्यक्तिगत स्वसन्चालित शिक्षाको साथसाथै अनौपचारिक शिक्षा प्रधान गर्नु,
२. ब्यक्तिगत रचनात्मक विकासकोलागि अबसर प्रदान गर्नु र केटाकेटिमा कल्पना र रचनात्मताको उत्तेजित गर्ने ,
३. नागरिकहरुलाइ सबै प्रकारको सामुदायिक जानकारिमा पहुच सुनिश्चित गर्नु।
सर्बजनिक पुस्तकालयले पढ्ने बानिको बिकासमा मुख्यतया तीन कुरालाइ जोड दिन्छ ।
१. आफ्नो उत्पादन वा सेवाको बारेमाअरु संग सम्बाद गर्नकोलाइ उपयोग हुने कार्यको प्रचार गर्छन र बिस्वस्त पार्नकालागि ब्रोसर, समाचार पत्र बिज्ञापन आदि प्रयोग गरेर
२. सेवाहरु दिएर
३. प्रतियोगिता र चित्रकला जस्ता विभिन्न गतिविधिहरु गरेर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय