काठमाडौं । आईसीसी टी-२० महिला विश्वकपको एशिया छनोट अन्तर्गत नेपालले पहिलो जित निकालेको छ । मंगलबार दुबईको आईसीसी क्रिकेट एकेडेमीमा भूटानलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।

तुलनात्मक रुपमा कमजोर टिम भूटानले दिएको ६२ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा इन्दु वर्माले अविजित १८ रन जोडिन्, भने सीता राना मगरले १७ तथा कप्तान रुबिना क्षेत्रीले १० रन जोडिन् ।

त्यस्तै कविता जोशी ८ रनमा अविजित रहिन् । भूटानकी टासी छेकीले एक विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको भूटानले २० ओभरमा ६ विकेट गुमाएर ६१ रन बनाएको थियो । जसका लागि नगावाङ छोदेनले १३, सोनाम पाल्डोनले ११ तथा कप्तान एसेय छोदेनले ९ रन जोडिन् ।

नेपालका लागि सीता राना मगरले सर्वाधिक ३ विकेट हात पारिन् । उनले चार ओभर बलिङ गर्दै १० रन खर्चेकी थिइन्, भने करुणा भण्डारीले एक विकेट लिइन् । यो जितसँगै नेपालले २ खेलमा २ अंक जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय