काठमाौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन छिन्नभिन्न अवस्थामा रहेको रामचन्द्र पौडेल गुटका लागि निकै खराब हुने देखिएको छ ।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिमा सभापति शेरबहादुर देउवा निकै अगाडि देखिएपछि पौडेल पक्ष तिल्मिलाएको छ ।

हालसम्म ७ मध्ये प्रदेश २ बाहेकका ६ वटा प्रदेशका प्रारम्भिक परिणाम आइरहेका छन् । जसमध्ये सुर्खेत, डोल्पा, म्याग्दी लगायतका जिल्लामा पौडेल पक्ष शून्य भएको छ भने सुदुरपश्चिमसहितका प्रदेशमा देउवा पक्ष निकै बेलियो देखिएको छ ।

पौडेलको गृह जिल्लामै देउवा समर्थित प्रतिनिधिहरुको संख्या बढेको छ । पौडेलले जित निश्चित भएको भनिएको जुम्लामै देउवा समर्थित नेता सभापतिमा विजयी भएका छन् ।

सुर्खेतमा पौडेल पक्षले लज्जाजनक हार ब्यहोरेको छ । पौडेल निकट पूर्व मन्त्री शिवराज जोशी र पूर्व राज्यमन्त्री खड्गबहादुर बस्याल महाधिवेशन प्रतिनिधिमा नराम्ररी हारेका छन् ।

सुर्खेतका दुबै निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा देउवा पक्षले प्यानलै जितेको छ । उसो त पौडेलको दाहिने हात मानिएका हृदयराम थानीले कर्णाली पौडेल पक्षको भोट बैंक भन्ने गरे पनि परिणाम त्यस्तो नआएको बताएको छ ।

लुम्विनी प्रदेशमा पनि ५५ प्रतिशतको हाराहारीमा महाधिवेशन प्रतिनिधि जितेको दावी गरेको छ । लुम्बिनी प्रदेशका रुकुम पूर्व, रोल्पा, दाङ, प्यूठान, रुपन्देही, पाल्पा, अर्घाखाँची, कपिलवस्तु र नवलपरासी पश्चिममा देउवा पक्षले महाधिवेशन प्रतिनिधिमा बाजी मारेको छ ।

गण्डकी प्रदेशमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशाकं कोइरालाको गठबन्धनबीच नवलपुर, गोरखा, लमजुङ, मुस्ताङ, तनहुँ , लमजुङ र कास्कीमा देउवा पक्ष निकै बलियो बनेर आएको छ । पौडेलकै प्रदेश गण्डकीको म्याग्दीलगायतका जिल्लामा पौडेल पक्ष शून्यमा झरेको छ ।

बागमती प्रदेशका अधिकांश जिल्लामा देउवा पक्ष नै बलियो देखिएको छ । काठमाडौं, चितवन, धादिङ लगायतका जिल्लामा महाधिवेशन प्रतिनिधिमा देउवा निकटले जीत निकालेका छन् । मकवानपुर र ललितपुरमा त देउवा पक्षले कब्जा नै जमाएको छ ।

प्रदेश २ मा क्षेत्रीय अधिवेशन सुरु नभए पनि देउवा पक्ष निकै बलियो रहेको विश्लेषण गर्न थालिएको छ । सभापति उम्मेदवार बन्छु भनिरहेका विमलेन्द्र निधिले रामचन्द्र पौडेलसँग गठबन्धन बनाउन खोजे पनि त्यो सम्भव नभएपछि प्रदेश २ मा देउवा पक्ष नै बलियो हुने देखिएको छ ।

प्रदेश १ मा डा.शेखर कोइरालालाई चक्मा दिने गरी देउवा पक्ष हावी भएको छ । देउवापछि कोइराला र कृष्णप्रसाद सिटौलाको मत बराबरी अवस्थामा देखिएको छ ।

देउवाको सचिवालयले तयार पारेको विवरणमा अहिलेसम्मको नजिता हेर्दा देउवाले पहिलो चरणमै ५१ प्रतिशत भन्दा बढी मत ल्याएर सभापति जित्ने उल्लेख छ । सचिवालयका एक सदस्यका अनुसार यस पटक देउवा पक्षका ५५ प्रतिशत महाधिवेशन प्रतिनिधि आउने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय