
इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रोमा विजयी भएको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा रोमाले तोरिनोलाई १–० ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा रोमाको जितका लागि ३२ औँ मिनेटमा ट्यामी अब्राहमले गरेको गोल नै निर्णायक बन्यो ।

जितपछि पाँचौँ स्थानको रोमाको १४ खेलबाट २५ अंक भएको छ । उ चौथो स्थानको एट्लान्टा भन्दा तीन अंकले पछि छ ।
आइतबार राति नै भएको खेलमा शीर्ष स्थानको नापोलीले लाजिओलाई ४–० ले पराजित गर्दा एसी मिलान भने सासुओलोसँग ३–१ ले पराजत भयो । नोपोलीको ३५ अंक भएको छ भने दोस्रो स्थानको एसी मिलानको ३२ अंक छ ।