
काठमाडौं । नेपाल बार एशोसियशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागको आन्दोलनको कार्यक्रमअन्तर्गत पाचौं चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
सोमबार बसेको बार बैठकले आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक नगरी यसअघि जारी सर्वोच्च अदालतको मूल गेटमा प्रधानन्यायाधीशको प्रवेशलाई रोक्न गरिरहको धर्नाको कार्यक्रमलाई निरन्तरता दिने भएको हो।

बारले गोलाप्रथा प्रणालीबाट पेसी व्यवस्थापनका क्रममा प्रधानन्यायाधीशलाई सहभागी नगराउन, सहभागी भएको अवस्थामा प्रधानन्यायाधीशसँगको इजलास बहिष्कार गर्न आग्रह गर्ने र प्रधानन्यायाधीसको इजलासमा कानुन व्यावसायीलाई बहस नगर्न आग्रह गर्ने निर्णय गरेको छ।