
राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अर्का दुई अध्यक्षलाई आग्रह गरेका छन् ।
राप्रपाको महाधिवेशन बुधबार देखि काठमाडौंमा हुँदैछ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाको महाधिवेशनका लागि अध्यक्षमा लिङ्देन र कमल थापाको उम्मेदवारी घोषणा भएको छ। राप्रपाका तीन अध्यक्ष थापा, लोहनी र पशुपतिशमशेर राणामध्ये थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दा लोहनीले लिङ्देनलाई समर्थन जनाएका हुन्। तर जबराले मौन बसेका छन् ।

काठमाडौँमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा लोहनीले लिङ्देनलाई समर्थन जनाउन थापा र जबरालाई आग्रह गरेका हुन्। नेतृत्वमा सर्वसम्मत जुट्न नसके युवालाई पार्टीको जिम्मेवारी दिने आफ्नो पूर्वघोषित विचारअनुसार लिङ्देनलाई समर्थन जनाएको भन्दै लोहनीले बाँकी अध्यक्षद्वय थापा र जबरालाई पनि लिङ्देनको समर्थनमा उभिन आग्रह गरेका हुन् ।