काठमाडौं ।बैंक अफ काठमाण्डूले बिओके सफलता मुद्दती खाता खोली बैंकिङ कारोबार गर्दै आएका एक ग्राहकलाई पाँच लाख रुपैयाँ बिमा दाबी भुक्तानी गरेको छ ।

बैंकले खातावाल गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्ततावापत बिमा दाबी रकम हस्तान्तरण गरेको हो । खत्री दुर्घटनामा परी पूर्णरुपमा अशक्तता भएकाले बैंकले बिमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी रकम हस्तान्तरण गरेको जनाएको छ । बैंकको लुम्बिनी प्रदेशको नेपालगञ्ज प्रादेशिक कार्यालयका प्रमुख गणेश खत्रीले बिमा दाबी रकम खत्रीलाई हस्तान्तरण गरे ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८२ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय