
काठमाडौं । थापाथलीस्थित नर्भिकले इन्टरनेशनल हस्पिटलले अन्य अस्पतालका लागि पनि हेलिकोप्टर रेक्क्यू सेवा उपलब्ध गराउने भएको छ ।
बिरामीहरूको आवश्यकता अनुसार आफ्नो अस्पतालका लागि मात्र नभई अन्य अस्पतालहरूका लागि पनि हेली रेस्क्यूको सेवा प्रवाह गरिरहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समयमा नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्राष्ट्रिय स्तरको हेली रेस्क्यूको सेवा प्रवाहमा आक्रामक बनेको छ । विशेषज्ञ चिकित्सकहरूसहितको अनुभवी स्वास्थ्यकर्मीहरूको टीम र भेन्टिलेटर तथा अत्याधुनिक उपकरणसहितको हेलिकोप्टरबाट बिरामीहरूको उद्दार (रेस्क्यू)को सेवा प्रवाहमा नर्भिक आक्रामक बनेको मिश्रको भनाइ छ ।
गुणस्तरीय सेवाकै कारण पछिल्लो समय स्वदेशी र विदेशी बिरामीहरूको रोजाईमा नर्भिकको हेली रेस्क्यू सेवा पर्न थालेको उनी बताउँछन् । ‘कन्सलट्यान्ट डाक्टर, भेन्टिलेटर र अन्य अत्याधुनिक मेडिकल उपकरणसहितको हेली रेस्क्यूको अन्तर्राष्ट्रिय स्तरको सेवा नर्भिकले प्रवाह गरिरहेको छ । यसलाई हामी अझ आक्रामक रूपमा अगाडि बढाउने निर्णयमा पुगेका छौं,’ उनले भने, ‘आफ्नै हेलिप्याड नभए पनि गुणस्तरीय हेली रेस्क्यू सेवा प्रवाह गरेर हामीले समस्यामा परेका बिरामीहरूको सेवा गरिरहेका छौं । यो सेवालाई अझ आक्रामक रूपमा बिस्तार गर्दै लगिने छ ।’
कोरोना भाइरस नियन्त्रणका लागि भएको लकडाउनको अवधिमा समेत नर्भिकले विभिन्न दुर्गम ठाउँबाट समस्यामा परेका सयौं गम्भीर बिरामीहरूलाई हेलीकोप्टरबाट उद्धार गरेको थियो । कन्सलट्यान्टसहितको उद्धार कार्यमा ध्यान दिएका कारण पछिल्लो समय नर्भिकको हेली रेस्क्यूको माग समेत ह्वात्तै बढेको मिश्र बताउँछन् ।