काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

अध्यक्षका लागि भएको मतदानको मत गणनामा राजेन्द्र लिङ्देनको अग्रता कायमै रहेका छ ।

एकता महाधिवेशनबाट भएको हुन लागेको नयाँ नेतृत्वमा अध्यक्षका लागि राजेन्द्र लिङ्देन र कमल थापाको कडा प्रतिस्पर्धा भइरहेको छ । हालसम्मको अवस्था हेर्दा लिङ्देनले १३७१ र कमल थापाले ११५४ मत पाएका छन् ।

अब ९०९ मत मात्रै गन्न बाँकी रहेको छ । मतगणनाको सुरुमा राजेन्द्रले झिनो मतअन्तर प्राप्त गरिरहेपनि अहिले उनले फराकिलो मतान्तर बनाएका छन् ।

अबको केही समयपछि नै राप्रपाले औपचारिक रुपमा नयाँ नेतृत्व पाउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय