राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई
२२७ मतले लिड गर्दै उनी विजयी भएका हुन् ।

अध्यक्षका अर्का उमेदवार कमल थापालाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएको राप्रपा केन्द्रीय निर्वाचन समितिले जनाएको छ । लिङ्देन एक हजार ८४४ मत ल्याएर वियजी भए । थापाले एक हजार ६१७ मत प्राप्त गरेका छन् । ४३१ मत बदर भएको छ ।

अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् । थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय