
एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सी वेस्टह्यामसँग पराजित भएको छ । गएराति भएको खेलमा वेस्टह्यामले चेल्सीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
वेस्टह्याम दुई पटक पछि परेको अवस्थालाई उल्टाउँदै चेल्सीमा जित निकाल्न सफल भयो । वेस्टह्यमलाई जित दिलाउनको लागि म्यानुएल लान्जिनी, जार्रोड वोवेन र अर्थर मासुआकुले समान एक-एक गोल गरे । चेल्सीको लागि थाइगोल सिल्भा र मासोन माउन्टीले गोल गरे ।

खेलको २८ औं मिनेटमा सिल्भाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा लान्जिनीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । खेलको ४४ औं मिनेटमा माउन्टीले गोल गर्दै चेल्सीलाई पुनः अग्रता दिलाए । ५६औं मिनेटमा बोवेनले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । ८७औं मासुआकुले गोल गर्दै खेल वेस्टह्यमलाई जित दिलाए ।
योसँगै वेस्टह्यमले १५ खेलबाट २७ अंक जोड्दै अंकतालिकाकाे चौथोस्थानमा रहेको छ । पराजित चेल्सी ३३अंकसहित तेस्रो स्थानमा रहेको छ ।