एजेन्सी । इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा युभेन्ट्सले जिनोआलाई २-० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसलाई सहज जित दिलाउनको लागि जुआन कोर्डाडो र पाउलो डिबालाले समान एक-एक गोल गरे ।

खेलको नवौं मिनेटमा कोर्डाडोले गोल गर्दैं युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले फ्रिकिकमा गोल गरेका थिए ।

८२औं मिनेटमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई सानदार जित दिलाए । उनले फेडरिको बर्नरडेस्चीका पासमा गोल गरेका थिए ।

जितसँगै युभेन्ट्स १६ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित जिनोआ १० अंक जोडेर १८औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय