
काठमाडौँ । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यालयमा पदबहाली गरेका छन् ।
उनले सोमबार विशेष पूजाआजासहित पदभारग्रहण गरेका हुन् । पदवहाली गरेपछि अध्यक्ष लिङ्देनले आफ्नो जीत महाधिवेशन प्रतिनिधिहरुको मतका आधारमा भएको र यसमा निर्मल निवासको कुनै भूमिका नरहेको बताए ।

कमल थापा, पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनीसहितका पार्टीका नेताहरुको अभिभावकत्वमा एकताबद्ध बनाएर आफू अघि बढ्ने उनले स्पष्ट पारे।
उनले राप्रपामा नयाँ नेतृत्व आउनु एक पार्टीका लागि मात्रै नभएर नेपाली राजनीतिमै नयाँ सुरुवात रहेको बताए ।