
एजेन्सी । इंग्लिस प्रिमियर लिगमा एभर्टनले आर्सनलमाथि जित निकालेको छ । गएराति भएको खेलमो एभर्टनले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
आर्सनललाई जित दिलाउनको लागि रिचार्लीसन र डिमाराई ग्रेले समान एक-एक गोल गरे । आर्सनलका मार्टिन ओडेगार्डको गोल गरे ।

पहिलो हाफको इन्ज्युरी समयमा ओडेगार्डले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । उनले काइरनको पासमा गोल गरेका थिए ।
७९औं मिनेटमा रिचार्लीसनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ग्रेले गोल गर्दै एभर्टनलाई जित दिलाए ।
जितसँगै एभर्टन १५ खेलबाट १८ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ । पराजित आर्सनल २३ अंक जोडेर सातौ स्थानमा रहेको छ ।