काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबलमा मछिन्द्र फुटबल क्लबले दोस्रो जित निकालेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले दोस्रो जित निकालेको हो ।

मछिन्द्रको जितमा रंजित धिमालले एक गोल गरे, भने जावलाखेलका सिमान्त थापाले एक आत्मघाती गोल गरे । खेलको १४ औं मिनेटमा जावलाखेलका सिमान्त थापाले आत्मघाती गोल गरेपछि मछिन्द्रले सुरुवाती अग्रता बनाएको थियो ।

छिरिङ गुरुङले क्रस गरेको बल गोलकिपर टेकेन्द्र थापाले क्लियर गर्न नसक्दा सिमान्तलाई लाग्दै गोलमा परिणत भएको थियो । त्यस्तै खेलको २१ औं मिनेटमा मछिन्द्रले अग्रता दोब्बर बनायो । डिफेन्डर रञ्जित धिमालले फ्रिकिकमार्फत गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । यो जितसँगै मछिन्द्रले ३ खेलमा ७ अंक जोडेको छ । खेलमा मछिन्द्रका रंजित धिमाल म्यान अफ द म्याच चुनिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय