रुपन्देही । रुपन्देही प्रहरीले बुटवल उपमहानगरबाट गैँडाको खागसहित ३ जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगर-५ स्थित हरियाली होटलबाट खागसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रकोट ७ सुर्यथुमका नर बहादुर सुनार र पदम सुनार तथा छत्रकोट ५ रानीचापका सुमन न्यौपाने रहेका छन् । उनीहरुबाट प्रतिबन्धित गैँडाको खाग बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलको टोलिले होटलमा छापा मार्दा होटलको कोठा नम्बर ११८ बाट खाग सहित ३ जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।

पक्राउ परेका तीनैजनालाई खागसहित थप अनुसन्धानको लागी डिभिजन वन कार्यालय भैरहवा रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय