
काठमाडौँ । पुर्व राजा ज्ञानेन्द्र शाहले कुनै किसिमका सामाजिक सञ्जाल संचालन नगरेको उनको सचिवालयले स्पष्ट गरेको छ ।
पुर्व राजा शाहको सचिवालयले विहिबार एक विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्रले ट्वीटर, फेसबुक वा कुनै प्रकारक सामाजिक सञ्जाल संचालन नगरेको जानकारी गराएको हो ।

सचिवालयले पुर्व युराज्ञी हिमानी शाहले पनि कुनै किसिमको सामाजिक सञ्जाल संचालन नगरेको स्पष्ट गरेको छ ।