काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नेता प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्।

बाजागाजा र झाँकीसहित र्‍याली निकालेर राष्ट्रिय सभागृह पुगेका नेता सिंहले उम्मेदवारी दर्ता गराएका हुन्।

सिंहको टीमबाट नेत्री सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिएकी छन्। यस्तै देउवाको प्यानलमा नपरेपछि विश्वप्रकाश शर्माले सिंहको प्यालनबाट उम्मेदवारी दिने भएका छन्।

संस्थापनइतर समूह सभापतिको साझा उम्मेदवार तय गर्न असफल भएपछि प्रकाशमान सिंह र शेखर कोइराला सभापतिमा प्रतिस्पर्धा गर्न लागेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय