काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसीपको पहिलो खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ । शुनिबार बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपालले घरेलु टिम बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो ।

प्रतिस्पर्धात्मक खेलमा नेपाल र बंगलादेश दुवै टिमले पाएको केही मौकालाई सदुपयोग गर्न सकेनन् । यस बराबरीसँगै नेपाल र बंगलादेशंले पहिलो खेलमा १–१ अंक जोडेका छन् । बंगलादेशले पनि पहिलो खेलमा १ अंक जोडेको छ ।

अब नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकाविरुद्ध खेल्दैछ । यसका सथै तेस्रो खेल भूटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा खेल्नेछ । राउन्ड रोबिनको आधारमा हुने यस प्रतियोगितामा ५ टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय